आधिकारिकता सम्बन्धमा पार्टीको नाम आउला –  भने के गर्नुहुन्छ ? – Nagarikabhiyan : National News

आधिकारिकता सम्बन्धमा पार्टीको नाम आउला –  भने के गर्नुहुन्छ ?

काठमाडौं ।  सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्बन्धमा आयोगले स्वतः दुवै पक्षलाई बोलाएर तपाईंहरूको पार्टीको नाम के राख्ने ? भनेर सोध्नुपर्ने अवस्था आउछ । भने फैसला रिट निवेदक ऋषि कट्टेलको पक्षमा गयो भने हाल संसदमा ६४ प्रतिशत सिट ल्याएको पार्टी केही दिनको लागि बेनामी हुनेछ ।

त्यसपछि त्यसो भयो भने के गर्नुहुन्छ भन्ने जिज्ञासामा नेकपा (बहुमत) का नेता राजेन्द्रप्रसाद पाण्डे भन्नुहुन्छ ‘सम्भवतः त्यस्तो अवस्था नआउला । कथमकदाचित आइहालेमा हामी एउटा राख्छौं, सम्भवतः केपीले अर्को राख्नुहोला । केही फरक पर्ला जस्तो लाग्दैन भन्ने थालिएको छ ।

प्रधानमन्त्री ओली समूहले पनि अदालतले नेकपाको आधिकारिकता वामपन्थी नेता ऋषि कट्टेललाई दिएमा केही फरक नपर्ने बताएको छ ।

प्रचण्ड–माधव समूहले पाउने पक्का देखिन्छ  तर त्यस्तो अवस्थामा पनि सूर्य चिन्ह भने बहुमत केन्द्रीय सदस्य भएको नाताले यसमा आयोगले हल्लाएका छन् । नाम नबताउने शर्तमा ती आयुक्त भन्छन् ‘अब पार्टी नै नयाँ हुने भएपछि चुनाव चिन्ह केन्द्रीय समितिका ४ सय ४१ जनामध्ये जता बढी देखिन्छ त्यतै दिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार नामै मात्रले केही हुँदैन,मुख्य कुरो चुनाव चिन्ह हो ।