लकडाउन उल्लघंन गर्ने २५ जनालाई कोरोना कक्षा दिई छाडे
३ जेष्ठ २०७७, शनिबार १७:०४
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा लक डाउनको उल्लंघन गरी घर बाहिर निस्कनेलाई नियन्त्रणमा लिने कामलाई प्रहरीले निरन्तरता दिएको छ । कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएर दिनभर राखेर २५ जनालाई ठाडिएको छ ।
लकडाउन उलंघनकर्ताहरु महिला तथा पुरुषहरु समेत गरि २५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भगवती मावि इनरुवाको मैदानमा भेला जम्मा गरि सचेतता कक्षा सन्चालन गरि छाडिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएर छाडिएको छ ।
प्रहरीले इनरुवा नगरपालिका भित्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा विहानको समयमा मर्निङ वाकमा निस्कने देखि सरसामान किन्न बजार निस्केका र विना काम भौतारिने समेत छन् । उनीहरु सबैलाई प्रहरीले केहिबेर अघि छाडेको छ ।
विहानको समयमा पक्राउ गरी छाडिएकाहरुलाई प्रहरीले सचेतना कक्षामा सहभागी गराएर आइन्दा लक डाउन उल्लंघन नगर्ने सर्तमा छाडेको छ ।
नियन्त्रणमा लिइएकाहरुको नामावली संकलन गरी छाडेको प्रहरीले पूनः लक डाउन उल्लंघन गरेको पाइए कानुन बमोजिम कार्वाहीको प्रकृयामा लैजाने प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया