जिपको ठक्करले स्नातक तहकी एक विद्यार्थीको मृत्यु, क्याम्पसका विद्यार्थीद्वारा सडक अवरुद्ध – Nagarikabhiyan : National News

जिपको ठक्करले स्नातक तहकी एक विद्यार्थीको मृत्यु, क्याम्पसका विद्यार्थीद्वारा सडक अवरुद्ध

काठमाडौं ।  कोटेश्वर मल्टिपल क्याम्पसको स्नातक तहकी पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया अञ्जु दाहाललाई बुधबार बिहान नक्खु, बागडोलमा जिपले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको छ ।

जिपको ठक्करले मृत्यु भएपछि ति क्याम्पसका विद्यार्थीले दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै जावलाखेलमा सडक अवरुद्ध पारेका छन् ।  मृतक भएकी दाहाललाई ति जिपले ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।  जिप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताएका छन् ।