कांग्रेस सभापति देउवासहितका शीर्ष नेता आज चितवन जाँदै – Nagarikabhiyan : National News

कांग्रेस सभापति देउवासहितका शीर्ष नेता आज चितवन जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन जाँदै छन् । नेपाली कांग्रेसका दिवंगत नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन जान लगोका हुन् ।

सभापति देउवा हेलिकोप्टरमा पुग्ने कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताए । कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुनेछ । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

२०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित बनेका रानाभाट कांग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षसमेत भएका थिए ।