दोभान आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा – Nagarikabhiyan : National News

दोभान आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेका छन् ।
मंगलबार मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने बताएका हुन् । उनले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए । ‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ’ उनले भने । दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन् ।