नेपाल कम्युनिस्ट पार्टीका दुई विद्यार्थी समूह पक्षबीच झडप, ठूलो संख्यामा प्रहरीलाई परिचालन
१८ फाल्गुन २०७७, मंगलवार १२:०३
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका दुई विद्यार्थी समूह पक्षबीच झडप हुनसक्ने आशंकाले ठूलो संख्यामा प्रहरीलाई परिचालनमा राखिएको छ । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेकपाका दुई विद्यार्थी समूह पक्षका बीचमा मंगलबार विवाद भएको थियो ।
नेकपाको ओली समूह र प्रचण्ड- माधव नेपाल समूहका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झडप हुने सम्भावना रहेको भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । उनका अनुसार यसअघि फागुन ३ गते पनि दुई समूहका विद्यार्थी बिच झडपमा केही विद्यार्थी घाइते भएका थिए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा भित्र दुई समूह देखिएका थिए । प्रचण्ड-माधव समूह सर्वोच्चबाट संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने रणनीतिमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया