१ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर इँटा लगाइएकोमा स्थानीयले गरे विरोध
१७ फाल्गुन २०७७, सोमबार १३:३०
काठमाडौं । सर्लाही जिल्लाको धनकौल गाउँपालिकाले वडा नम्बर १, सेखौना टोलमा ९ लाख रुपैयाँको लागतमा सडक ढलानको कार्य हुदैछ ।
निर्माणका कार्य गुणस्तरहीन भएपछि त्यहाँका स्थानीय सर्वसाधारणले विरोध गरेका छन् । उक्त सडक ढलान निर्माणस्थलमा कुनै पनि निकायको रेखदेख नपुग्दा विरोध जनाएका छन। ९ लाखको लागतमा बन्दै गरेको ९०/९५ मिटर लामो, १२ फिट चौडाइ र ८ इन्च उचाइ भएको सडक ढलानमा १ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर इँटा लगाइएको भन्दै स्थानीयले विरोध गरेको छ । उपभोक्ता समितिका सदस्य प्रेम यादवले निर्माण कार्य सुरु गर्दा १ नम्बर इँटा पाउन कठिन भएकाले ३ नम्बर इँटा प्रयोग गरिएको बताए । उता गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले कमसल सामग्री प्रयोग गरेर बाटो निर्माण भइरहेको नागरीक गुनासो आएपछि तत्काल काम बन्द गर्न निर्देशन दिइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया