गैरन्यायिक सडक विस्तारको विरोधमा नागरिकद्वारा माइतीघर मण्डलामा प्रदर्शन – Nagarikabhiyan : National News

गैरन्यायिक सडक विस्तारको विरोधमा नागरिकद्वारा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं ।  आज बिहान नागरिक अधिकारकर्मी र पीडितहरु द्वारा गैरन्यायिक सडक विस्तारको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएका छन ।

वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरु बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु माइतीघर मन्डलामा प्रदर्शन गरिएका छन । प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर सडकमै बसेर आन्दोलित भएका थिए । गैरन्यायिक सडक विस्तारको विरोधमा उत्रिँदा पक्राउ परेका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भिमदेव श्रेष्ठ, मिन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलाई लगायतलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् । सडक विस्तारको नाममा नागरिकलाई सडक छाप बनाइएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन हुँदै आएका छन ।