संसद सचिवालयद्वारा विशाल भट्टराईलाई प्रमुख सचेतकको मान्यता – Nagarikabhiyan : National News

संसद सचिवालयद्वारा विशाल भट्टराईलाई प्रमुख सचेतकको मान्यता

काठमाडौं । संसद सचिवालयले सत्तारुढ दल नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले आइतबारदेखि भट्टराईलाई सत्तापक्षको मुख्या सचेतकले पाउने सवारीलगायतका सुविधाको प्रक्रिया अघि बढाइएको हो । “हामीलाई नयाँ नियुक्तिको पत्र प्राप्त भएको छ” संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले भने, “त्यसैअनुसार सचिवालयले उहाँको कार्यकक्ष निर्माण गरेको छ, र आजैदेखि सेवा सुविधा गणना हुनेछ ।”

उनकाअनुसार भट्टराईले सवारी सुविधा बुझिसकेका छन् भने सचिवालयले पनि नेकपाको प्रमुख सचेतकका रुपमा पत्रचार गर्न शाखामा पत्राचार गरेको छ ।

कानुन र सम्बन्धित दलको विधानअनुसार दलको नेताले मुख्य सचेतक र सचेतक नियुक्ति गर्न पाउने भएकाले सचिवालयले यसमा नेकपाको विवादभित्र पस्न नमिल्ने एक अधिकारीले बताए ।

प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले शुक्रबार देव गुरुङलाई हटाई मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेका थिए ।नागरिक खबरबाट