जनताले दुःख पाएर बाँसको फड्के तर्नु पर्दैन प्रमको दावी, तर भने जस्तो छैन “जनताले नै पैसा तिर्छन”
१७ फाल्गुन २०७७, सोमबार ०९:०७
काठमाडौ । आइतबार गृहजिल्ला झापा मा प्रधानमन्त्री केपी ओलीले उद्घोष गर्दै भने, “अब कहीँ पनि जनताले दुःख पाएर बाँसको फड्के तर्नुपर्ने छैन” उनले तीन वर्षमा आफ्नो नेतृत्वको सरकारले तीव्र विकास गरेको दाबी गरे ।
प्रम ओलीले भने, “कहाँ–कहाँ गाडी पुगेको छैन हामीलाई भन्नुहोस् र पुल नभएको खोला कहाँ छ ? हामीलाई भन्नुहोस् – हामी बनाउँछौँ। ” तर, यथार्थ प्रधानमन्त्री ओलीले भनेजस्तो छैन । उनकै झापाका जनता अहिले पनि ठूला नदीमा बाँसको फड्केबाट तरिरहेका छन् । त्यो पनि पैसा तिरेर । ओलीले तीन वर्षमा नौ सय पुल बनेको दाबी गरे । तर, उनकै गृहजिल्ला झापामा हुलाकी राजमार्गअन्तर्गत आठवटा पुल वर्षौँदेखि अलपत्र छन् । त्यहाँका जनता बाँसको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य छन् । ठूला नदीमा बनाइएको बाँसको भाटाको पुलमा पचासदेखि सय रुपैयाँसम्म तिरेर दक्षिणी क्षेत्रका दुई हजारभन्दा बढी जनता दैनिक ओहोर–दोहोर गर्छन् । आजको नयाँ पत्रीकामा लेखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया