म्यानमारको यांगुनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु
१६ फाल्गुन २०७७, आईतवार १६:२३
काठमाडौं । म्यानमारको यांगुनको मुख्य शहर र दावेईको दक्षिणी बस्तीमा आज आइतबार प्रहरीको गोली लागेर २ आन्दोलनकारीको मृत्यु भएको छ । घटनालाई प्रत्यक्ष नियालेका एक व्यक्तिले फ्रन्टियर म्यागेजिनलाई दिएको जानकारी अनुसार प्रहरीले बस स्टेशनमा लुकेका आन्दोलनकारी माथि गोली हानेको थियो । आइतबारको आन्दोलनअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारका दूत काउ मोई तुनले राष्ट्रघाती काम गरेको भन्दै सरकारी टेलिभिजनबाट उनको बर्खास्तीको घोषणा गरिएको थियो । तुनले फेब्रअरी १ को सैन्य कु उल्टाउनका लागि राष्ट्रसंघले आवश्यक कदम उठाउनुपर्ने तर्क गरेका थिए । म्यान्मार नाउ मिडिया ग्रुपले पोस्ट गरेको भिडियोमा एक व्यक्ति यांगुनको ह्लेदान सेन्टर नजिकैको सडकमा घाइते अवस्थामा भेटिएका छन् । दक्षिणी दावेईमा प्रहरीले गोली चलाउँदा अर्का एक आन्दोलनकारीको मृत्यु भएको र दर्जनौं घाइते भएको दावेई वाच मिडियाले जनाएको छ । https://twitter.com/i/status/1365858318837641219

फेसबुकबाट तपाईको प्रतिक्रिया