बिरामी लिएको जिप सडकबाट म्याग्दी नदीमा खसे : दुर्घटनामा एक जनाको मृत्यु भने चार घाइते ।
१४ फाल्गुन २०७७, शुक्रबार ११:०२
काठमाडौं : म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेपछि उक्त दुर्घटनामा परी मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उक्त जीवमा रहेका ३० वर्षीय नरबहादुर, २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका, ३८ वर्षीय खगेन्द्र रोका रुखबाट लडेर घाइते भएका छन् । दुर्घटनामा परेका जिप उपचारका लागि पोखरा लैजाँदै थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी गराउदै भने दुर्घटनाबारे अझै अनुसन्धान जारी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया