समयमै सडक निर्माण भएन : स्थानीयद्वारा मुख्य सडक अवरुद्ध !
१३ फाल्गुन २०७७, बिहीबार १४:४२
काठमाडौ ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर–६ स्थित समयमै सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै स्थानीयले मुख्य सडक अवरुद्ध गरेका छन् ।
लामो समय बितिसक्दा पनि निर्माणका लागि ठेक्का प्रक्रियामा सारेको काम सम्पन्न नगरेकोमा आज बिहीबार स्थानीयले सडक अवरुद्ध गरेका हुन् । वीरेन्द्रनगर नगरपालिका–६, आईएमई चोकदेखि उत्तर नेकपा पार्टी कार्यालयसम्मको बाटो लामो समयसम्म कालोपत्रे नहुँदा धुलोधुवाँ धेरै उड्ने र गाडी गुड्दा गिट्टी उछिट्टिएर बालबालिका समेत घाइते हुने गर्छन् । जसका कारण स्थानीयले नै मुख्य सडक अवरुद्ध गर्न बाध्य भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया