पुरानै कुर्सीको खेल हुने खतरा छ, नयाँ राष्ट्रिय सहमति गरौं-डा. बाबुराम भट्टराई
१३ फाल्गुन २०७७, बिहीबार ०८:५४
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् पुनस्र्थापनापछि पनि उहि पुरानै कुर्सीको खेल सुरु हुने खतरा रहेको बताएका छन् ।
सर्वोच्च अदालतले राजनीति पुनः दल तथा नेताहरुको कोर्टमा पुगेको हुनाले टाउकाको गन्ती, ज्योतिषीको जोखाना, किनबेचको शृंखला चल्न सक्ने हुनाले नयाँ राष्ट्रिय सहमित गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘सुप्रिम कोर्टपछि राजनीति पुनःदल/नेताको कोर्टमा पुगेकोछ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ ।देशको आवश्यकता र जनताको चाहना दल÷नेताले पाठ सिकून् ;नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !

फेसबुकबाट तपाईको प्रतिक्रिया