राष्ट्रपति भण्डारीबारे प्रचण्ड-नेपाल समूहले गर्यो यस्तो निर्णय
१२ फाल्गुन २०७७, बुधबार १२:५५
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबारे कडा अभिव्यक्ति दिएका छन् ।
संसद पुनर्स्थापना भएसँगै प्रचण्ड नेपाल समूहले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने अड्कल काटिएको थियो । तर प्रचण्डले भने फरक धारणा राखेका छन् ।
प्रचण्डले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने कुनै मनसाय नभएको बताए । राष्ट्रपतिलाई केपी ओलीले ब्ल्याकमेल गरेर असंवैधानिक कदम चाल्न बाध्य पारेको र त्यसमा राष्ट्रपतिको दोष नभएकाले महाभियोग नल्याउने स्पष्ट पारेका हुन् ।
बीबीसीसँगको अन्तर्वार्तामा प्रचण्डले राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा हल्ला मात्रै भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीको पद धरापमा परे पनि राष्ट्रपतिको पद भने सुरक्षित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया