प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने : काँग्रेस नेता पोडेल – Nagarikabhiyan : National News

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने : काँग्रेस नेता पोडेल

राजविराज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले बिघटन गरेको प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशलाई दुर्घटना हुनबाट जोगिन असबैधानीकरुपमा बिघटन गरिएको प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

मधेस यात्रामा निस्किनुभएको नेता पोडेलले बिघटन गरिएको प्रतिनिधि सभाको बिरोधमा काँग्रेसले पनि आन्दोलन गरिरहेको बताउदै लोकतन्त्र र गनतन्त्र रक्क्षा गर्नको लागि प्रतिनिधिसभा पुनस्थापना जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले अदालतलाई समेत धमकाउदै हिडिरहनु भएको आरोप लगाउदै बिचाराधिनमा रहेको प्रतिनिधिसभा सम्बन्धी मुद्धा अदालतबाट जे निर्णय हुन्छ त्यो आफुहरुलाई पनि मान्य हुने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बिघटन बारे संबिधानको धारामा रहेर नै अदालतले फेसल गर्ने बताउदै प्रतिनिधिसभा बिघटन असमैधाकिन रहेको उहाँको धरना थियो ।

बहुमतको सरकारले काम गर्न नसकेको बताउदै अब नेपाली काँग्रेसले नै राष्ट्रिय हितमा काम गर्ने पार्टी हुने उल्लेख गर्दै लोकतन्त्र रकक्षाको लागि काँग्रेस सधै अगाडी रहने उहाँले जिकिर गर्नुभयो ।

देशलाई दुर्घटना हुनबाट जोगाउनको लागि प्रतिनिधिसभा पुनस्थापन्न हुनुपर्ने जोड दिदै मधेससहित बिभिन्न समयमा भएको आन्दोलन र नेपाली जनताको बलिदानीबाट बनेको संबिधानलाई बचाउनुपर्ने उहाँले बताउनुभयो ।

नेता पौडेलले आन्दोलनमा मधेसका नेताहरुको ठूलो योगदान रहेको बताउँदै ती नेताहरुको सम्मान र ऐतिहासिक ठाउँहरुको भ्रमणका लागि आफू मधेस सम्मान यात्रामा निस्केको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आन्दोलन चर्काउनुपर्ने भन्दै सर्वोच्च अदालत संसद् पुनःस्थापना नजिक रहेकाले तत्काल कांग्रेसलाई ठूलो आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको बताउदै कोही भ्रममा नरहँदा हुन्छ’ प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकोले पुनर्स्थापनाले मात्र संर्वाधिक हुन सक्छ उहाँले भन्नुभयो संविधानमा जे छ अदालतले पनि त्यही गर्ने उल्लेख गर्दै जतिसुकै सेटिङ गरेपनि अदालत संबिधान वाहिर गएर फैसला गर्न सक्दैन ।’

राष्ट्रको संकल्पको रुपमा रहेको संविधानलाई अदालतले उल्ट्याउन नसक्ने बताउँदै संसद् पुनर्स्थापना नभए नेपालमा अनर्थ हुने उहाँले बताउनुभयो । साथै लोकतन्त्र र संबिधान बचाउनको लागि प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने उहाँले समेत जोड दिनुभयो ।

नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न आयोजना गरिएको थियो ।