सर्वोच्चले सरकारको पक्षमा फैसला गर्ने भट्टको दाबी – Nagarikabhiyan : National News

सर्वोच्चले सरकारको पक्षमा फैसला गर्ने भट्टको दाबी

कैलाली । नेकपा ओली समूहका नेता तथा उद्योग मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताएका छन् । आज कैलालीमा ओली पक्षको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने ठोकुवा गरे । उनले समय सिमाभित्रै निर्वाचन हुने र निर्वाचनका लागि आयोग गृहकार्यमा लागि सकेको बताए ।

भट्टले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गर्नु परेको बताए । आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई असहयोग हुन थालेपछि बाध्यात्मक परिस्थितीमा बिघटन गर्नु परेको उनको भनाइ छ ।