उद्योग वाणिज्य संघका अध्यक्ष यादवद्धारा वडालाई राहत
२४ चैत्र २०७६, सोमबार १०:०१
इनरुवा, चैत २४ गते । सुनसरीको कोशी गाउँपालिका १ नम्बर वडालाई उधोग वाणिज्य संघ कोशीका अध्यक्ष अरुण यादवले व्यक्तिगत रूपले राहत दिनुभएको छ । यादवले कोशी गापा १ नम्बर वडा १ अध्यक्ष राजकुमार साहलाई लकडाउनमा विपन्न, गरिबहरु तथा पीडितहरुलाई वितरणका लागि भन्दै २०० केजी चामल हस्तान्तरण गर्नुभयो । यादवले कोशीका सर्वसधारणलाई भोको रहन नदिनका लागि कोशीका व्यापारीहरुलई अपिल समेत गर्नुभएको छ । यादवले व्यपारी र उपभोक्ता समेतको लागि विशेष कार्यक्रम समेत ल्याउने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया