प्रजातन्त्र स्थापनामा योगदान दिने राजा त्रिभुवनलाई बिर्सनु संकिर्ण मानसिकता हुनु हो: अध्यक्ष थापा – Nagarikabhiyan : National News

प्रजातन्त्र स्थापनामा योगदान दिने राजा त्रिभुवनलाई बिर्सनु संकिर्ण मानसिकता हुनु हो: अध्यक्ष थापा

झापा । राप्रपा अध्यक्ष कमल थापाले आज फागुन ७ गते राजा त्रिभूवनले आफ्नो ज्यान धरापमा राखेर प्रजातन्त्र ल्याउन भूमिका खेलेपनि राष्ट्रपति, प्रधानमन्त्रीलगायतले उनको नामसम्म उच्चारण नगरेको भन्दै आक्रोस पोखेका छन् ।

आज झापा आईपुगेका थापाले विर्तामोडको जिल्ला पार्टी कार्यलयमा भएको प्रजातन्त्र दिवसको अवसरमा उक्त कुरा वताएका हुन् ।

प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्र स्थापनाका लागि राजगद्दीको बाजी लगाएर जनताको क्रान्तिमा साथ र सहयोग दिने राजा त्रिभुवनको योगदानवारे राष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्षनेताहरुले चर्चा र नाम समेत उल्लेख नगर्नु संकिर्ण र हिन मानसिकता भएको उनले वताए । साथै उनले इतिहास प्रति गौरव गर्न सिकौँ भन्दै आह्वान समेत गरेका छन् ।

त्यसै गरि,भोली झापाको दमक देदि  गौरीगंज सम्मको  र्यालीलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।