नेपालमा नै मल कारखाना स्थापनाको पहल हुँदै – Nagarikabhiyan : National News

नेपालमा नै मल कारखाना स्थापनाको पहल हुँदै

चितवन ।  कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढिरहेको बताएकी छन् ।
आज पत्रकारसँग कुरा गर्दै अर्यालले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिए ।

“धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ”, उनले भने, “किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।” आगामी मन्त्रिपरिषद् बैठकमा उक्त विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी गराएकी छन् ।

एक प्रश्नका जवाफमा नेपाल कम्युनिष्ट पार्टीकी नेत्री अर्यालले निर्वाचनको प्रक्रिया शुरु भएपछि राजनैतिक दल दर्ता प्रकिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुङ्गिने बताए ।