धर्म निरपेक्षता हटाउनुपर्ने एजेण्डामा कांग्रेस, अर्जुन नरसिंहको यस्तो प्रस्ताव!
६ फाल्गुन २०७७, बिहीबार ११:२१
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले अब कांग्रेसको एजेण्डा धर्म निरपेक्षता हटाउनु पर्ने बताएका छन् ।
हिन्दु राज्यका पक्षमा आफ्नो पार्टीका महामन्त्री शंशाक कोइरालासहित बहुसंख्यक जनता रहेको बताउँदै केसीले धर्म निरपेक्षता हटाउनुपर्ने बताए । केसीले संविधानसभामा धर्म निरपेक्षताविरुद्ध भोट हाल्ने एकमात्र सांसद आफू भएको जिकिर गरे ।
उनले आप्नो विचार हिन्दु राज्य नै बनाउने भन्दा पनि धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता नै पर्याप्त हुने पक्षमा रहेको बताए । धर्मको राजनीति उचित नहुने तर निरपेक्षता हटाउनै पर्ने देउवाका निकट केसीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया