प्रेस स्वतन्त्रताको रक्षा गर्नमै मेरो अर्जुन दृष्टि छः मन्त्री गुरुङ
५ फाल्गुन २०७७, बुधबार २०:०२
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री एबम् सरकारका प्रबक्ता पार्बत गुरुङ्ले नेपाली प्रेसको बिकृति विसंगति अन्त्य गर्दै प्रेस स्वतन्त्रता सुनिश्चित गर्नमै आफ्नो अर्जुन दृष्टि रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनमा सम्बोधन गर्दै मन्त्री गुरुडले सो कुरा बताउनु भएको हो । हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रेस काड अब पाँच बर्षमा नविकरण गर्ने व्यवस्था सरकारले गर्न लागेको जानकारी दिनुभयो । पत्रकारिता पेसा जिम्मेवार पेसा भए पनि समाचारमा केही त्रुटी र आशंका हुने गरेको बताउनुभयो । अनलाईन मिडियाको नवीकरण गर्ने सीमा पुस मसान्त नतोकिने जानकारी दिनुभयो ।
मन्त्री गुरुडले सामाजिक सञ्न्जाल व्यवस्थापन निर्देशिका सामाजिक सञ्जाल नियमन गर्नका लागि ल्याउने तयारी भएको जानकारी दिनुभयो । यसको अर्थ नियन्त्रण गर्ने होईन उहाँले भन्नुभयो । अरु देशमा पनि त्यो अभ्यास रहेको उहाँले प्रष्ट पार्नु भयो । आफुले आफ्नै अनुभवको आधारमा निर्देसशका ल्याउने कुरा गरेको गरेको उहाँले बताउनुभयो । त्यसबारे प्रधानमन्त्रीसँग समेत छलफल नभएको उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जाल अराजक भएकाले त्यसलाई सभ्य बनाउन प्रयास मात्र आफुले गरेको उहाँले बताउनुभयो ।
कोभिड प्रभाबित र विस्थापित पत्रकारको सूची सरकारलाई दिन मन्त्री गुरुडले आग्रह गर्नुभयो । उहाँ आवश्यक राहत र व्यवस्थापन गर्न सरकार तयार रहेको बताउनुभयो । पत्रकार कल्याण कोश बृध्दि गर्न पनि सरकार तयार रहेको बताउनु हुँदै उहाँले अहिले कल्याण कोषमा पाँच करोड रुपियाँ रहेको र त्यसलाई दाेब्बर बनाइने बताउनुभयो ।
सरकारले संसद विघटन गरेको कुरा प्रतिगमन कदम नभएको उहाँले बताउनुभयो । यदि त्यसो भएको भए म मन्त्री पदमा बस्ने थिएन उहाँले भन्नुभयो । लोकतन्त्रमा चुनाव गर्नु प्रतिगमन होइन उहाँले भन्नुभयो । पत्रकारजस्तो बौदिक जमातले सरकारको कदमलाई प्रतिगमनको कदम हो भन्नु गलत भएको बताउनु भयो ।
सरकारलाई जनताको समर्थन रहेको बताउनुभयो । कानुनभन्दा बाहिर गएर कार्यक्रम गर्नेलाई दमन होईन व्यवस्थापन मात्र सरकारले गरेको मन्त्री गुरुङले बताउनु भयो । सरकार चुनावको तयारीमा लागेकाले पत्रकारलाई पनि चुनावको तयारीमा लाग्न आह्वान गर्नुभयो ।गोरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया