बैंक–वित्तीय क्षेत्रको कारोबार जेठ ५ गतेसम्मका लागि बन्द गर्न निर्देशन – Nagarikabhiyan : National News

बैंक–वित्तीय क्षेत्रको कारोबार जेठ ५ गतेसम्मका लागि बन्द गर्न निर्देशन

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाभर रहेका बैंकिङ, वित्तीय र बीमा क्षेत्रको कारोबार जेठ ५ गतेसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै जिल्लाभर सम्पूर्ण कारोवार बन्द गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले निर्देशन दिएको हो ।

अत्यावश्यक पर्नेले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी जिप्रकाको समन्वयमा सम्बन्धित बैंक, वित्तीय संस्था र बीमा कम्पनीमार्फत सेवा दिलाइने पनि बताइएको छ ।