वैशाखमा निर्वाचन भएन भने देश अन्धकारमा जान्छ : काँग्रेस नेता ढुंगाना
४ फाल्गुन २०७७, मंगलवार १९:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भनेर आफ्नो पार्टीले पहिल्यै नै ठहर गरेको र अहिले आन्दोलित रहेको बताएका छन् । उनले भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ रणनीति सार्वजनिक गर्ने बताए । ढुंगानाले विगतमा राजनीतिक अस्थिरता भयो भनेर आफूहरुले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने गरि नै संविधानमा व्यवस्था गरेको भएपनि प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै कडा आक्रोश पोखे ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले काम गर्न सकेन ।’
उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएन भने देश अन्धकारमा जाने पनि चिन्ता व्यक्त गरे । उनले भने,‘देश अस्थिरता र अन्धकारमा जाने कुरा, त्यसको जिम्मेवारी कसले बोक्ने ? अहिलेको परिस्थिति जटिल परिस्थिति हो । कांग्रेसको आन्दोलन अन्तर्राष्ट्रिय लेभलले हेरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया