राष्ट्रपति शासन र संकटकाल लागू हुन्छ : सिपी गजुरेल – Nagarikabhiyan : National News

राष्ट्रपति शासन र संकटकाल लागू हुन्छ : सिपी गजुरेल

काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने धारणा राखेका छन् । तर, त्यसको लागि अहिलेको व्यवस्था नै गलत हो भनेर दलहरुले विचार गर्नुपर्ने उनले बताए । उनले भने,‘ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गर्नुभयो, र, लगत्तै राष्ट्रपतिले स्विकार गर्नुभयो । यो कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं । संविधानअनुसार यो अधिकार उहाँलाई छैन् । उहाँले चुनावको मिति घोषणा गर्नुभयो । चुनाव हुनेवाला पनि छैन् । चुनाव गराउनको लागि मिति तोकिएको होइन । उहाँको उद्देश्य चाहीँ के छ भने यो सरकारलाई जसरीपनि लम्ब्याउने हो । शासक बनिरहने ।’
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको टिप्पणी गरे । उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए । संसद विघटन हुनुको उनले तीन कारण सुनाए । पहिलो कारण, सत्ताधारीभित्रको किचलो, कलह, सत्ता नै भएको उनले सुनाए । उनले भने,‘सत्ताधारीभित्र पद, पैसाको लागि किचलो भयो । अर्को, स्वयम यो व्यवस्थाको कमजोरी पनि कारण हो । ओलीले फाईदा उठाएर यो गरे । कहीँ न कहीँ यो व्यवस्थाको कमजोरी हो । अर्को, विदेशी शक्तिको हस्तक्षेप हो ।’
उनले अहिलेको राजनीतकि समस्या÷संकटको समाधान अब संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्जनुपर्ने सुनाए । उनले आफूहरुले अहिलेको व्यवस्थाको नै विकल्प खोज्नुपर्ने बताएको सुनाए ।