पशु विभाग त्रिपुरेश्वरका प्रमुखसहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nagarikabhiyan : National News

पशु विभाग त्रिपुरेश्वरका प्रमुखसहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु विभाग अन्तर्गत पशु स्वास्थ्य चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा बलराम थापासहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

थापाले पदको दुरुपयोग गर्दै औषधि खरिदमा सम्बन्धित औषधी कम्पनीसँग मिलेमतो गरी नेपालमा दर्ता नै नभएको इन्डियन इम्युनोलोजिकल लिमिटेड नामक भारतीय कम्पनीबाट उत्पादित औषधि र औषधिजन्य पदार्थ आयातको लागि सिफारिस गरेको अख्तियारको अनुसन्धानमा पाइएको छ।