यौनजन्य दुव्र्यवहार विरुद्धको विषेश अभियान
३ फाल्गुन २०७७, सोमबार १६:३२
सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनहरुमा महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य दुव्र्यवहार विरुद्धको विशेष अभियान सुनसरीमा पनि संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनहरुमा महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य दुव्र्यवहारका घटनाहरुमा आबाज उठाउन अभिप्रेरित गर्दै यौनजन्य व्यवहार गर्ने व्यक्तिलाई कानून बमोजिम कार्वाही गरी सार्वजनिक स्थान र सार्वजनिक यातायातलाई थप भय रहित, मर्यादित एंव यौनजन्य दुव्र्यवहार मुक्त बनाउनु सबैको कर्तव्य भएको सन्देश सहिथ विशेष अभियान संचालन गरेको छ । अभियान अन्तरगत सोमबार सुनसरी सदरमुकाम इनरुवाको सोमबारे हाटमा अभियानमुखी कार्यक्रम ब्रोसर , पम्पलेट वितरण गरेर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
अभियान अन्र्तगत दुव्र्यवहार विरुद्धको कार्यलाई नियन्त्रण गरी सुरक्षित,सभ्य र महिला तथा वालवालिका मैत्री वातावरणको सिर्जना गर्ने उद्देश्य सहित यौनजन्य दुव्र्यवहार विरुद्धको विशेष अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले जिल्लामा पुष १६ गते देखि सुरुभएको सो अभियान संचालन भएको र त्यसमा जिल्ला स्तरीय सञ्जाल गठन गरि सचेतनामुलक कार्यक्रम समेत गरेको जानकारी दिनुभएको छ ।
अभियान अन्र्तगत प्रहरीले पहिलो चरणको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा समितिका मेघराज न्यौपानेले अभियान संचालन गरेर सचेतनामुलक सन्देश प्रवाह गरेको बताउनुभयो । कार्यक्रममा समितिका सरिता कार्की घिमिरे, थिरा न्यौपाने, महिला बालिका तथा जेष्ठनागरिक शाखाकी प्रमुख तथा समितिकी सदस्य सचिव विनु बस्नेत सहितका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनहरुमा महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य दुव्र्यवहार विरुद्धको विशेष अभियानको बारेमा पर्चा वितरण र कोण सभा मार्फत जानकारी समेत दिएको थियो ।
कार्यक्रमका वत्ताहरुले सबै सचेतन हुनुपर्ने र सबै सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनहरुमा महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य दुव्र्यवहारबाट जोगाउनुपर्ने अदि भईहालेको खण्डमा चुप लागेर नबसी उजुरी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम विशेष अभियानको आवश्यकता, औचित्य, घटना भएको खण्डमा गर्ने उजुरी र तयारी तथा सुरक्षाका लागि अपनाउने सावधानीका बारेमा पनि जानकारी दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया