‘प्रधानमन्त्री अहिले टिकटकमा मात्र हिट छन्’
३ फाल्गुन २०७७, सोमबार १४:५१
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आज चितवन संबोधन गरेका छन् । संसद विघटनको विरुद्द नेपाली कांग्रेसको अभियानमा सहभागी हुँदै नेता थापाले प्रधानमन्त्रीको कदम बारे आफ्नो तर्क प्रस्तुत गरेका छन् ।
नेता गगन थापाले राजाहरुले गरेको गल्ती जस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गरिरहेका छन् भन्ने तर्क प्रस्तुत गरेका छन् । नेता थापाले संबोधन गर्दै भने, “हामीले श्री ५ लाई सम्झाएका थियौं तर त्यो बेला राजाले सुनेनन् त्यस्तै अहिले केपी ओलीलाई सम्झाउदा सम्झिन खोजेका छैनन् । प्रधानमन्त्री आफ्नो वरिपरि तारिफ सुनेर मख्ख परेका छन् जसले गर्दा उनको पनि हविगत श्री ५ झैं हुने देखिन्छ ।”
नेता थापाले चितवनमा संबोधन गर्दैगर्दा भने, “प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जनता आएको देखेर आफ्नो समर्थनमा आएको भन्ने भ्रममा छन् तर खास जनता प्रधानमन्त्रीको कुरा होईन हाँस्य कलाकारको कुरा सुन्न आएका हुन् । प्रधानमन्त्री अहिले सामाजिक संजाल देखि टिकटकमा हिट छन् र त्यसमै मस्त छन् तर आफू भ्रममा रहेको प्रधानमन्त्रीलाई थाहा छैन ।”
गगन थापाका अनुसार आफूले प्रधानमन्त्रीलाई सुझाव दिंदा केटाकेटीको दर्जा दिएर उडाएको र त्यो बेला प्रचण्डले समर्थन गर्दै ताली बजाएको थिए । अहिले उही ओलीका कारण प्रचण्ड सडकमा पुगेको कुरा स्मरण गराए नेता थापाले ।
बहुमत पाएको प्रधानमन्त्रीले संसद छुन पाउदैन तर संसदले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको नेता थापाले उल्लेख गरेका छन् । क्यानाडानेपालमा

फेसबुकबाट तपाईको प्रतिक्रिया