नागरिकले गरेकाे विश्वासलाई कायमै राख्न चुनावकाे घाेषणा : ओली
३ फाल्गुन २०७७, सोमबार ११:५७
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताउनु भएको छ । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूले लगातार विवाद समाधानका लागि प्रयास गरिरहे पनि सफल हुन नसकेपछि पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो ।
ओलीले राष्ट्रिय राजनीति अस्थिरता जाने खतरा बढ्दै गएकाले प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न नदिन आफूले यस्तो कदम चालेको बताए ।
‘हामीले प्राप्त गरेको उपलब्धीलाई खेर जान नदिन अनेक प्रकारका खेलहरु सुरु हुन थालेपछि मलाई बाध्यता परेको हो,’ ओलीले भने,‘स्वस्थ्य ढंगले सरकार चलाऔं भनेको हुँ । मैंले धेरैपटक सोचें, धेरै पटक प्रयास पनि गरें तर सकिन, बैकल्पिक सरकारको संभावना पनि सोचें त्यो पनि देखिन् त्यसपछि बाध्य भएँ ।’
प्रधानमन्त्री ओलीले संसदमा पनि पटक पटक अवरोध भएको, विधेयकहरुमाथि छलफल गर्न नदिएको साथै सरकार चलाउन आफ्नै दलका नेताहरुले पटक पटक हस्तक्षेप गरेको आरोप लगाए । ६४ प्रतिशत सांसदको निर्विरोध प्रधानमन्त्री भएकाले संसद विघटनबाहेक अर्को विकल्प आफूसँग नभएको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया