मुख्य न्यायाधीवक्ता मानन्धरले दिए राजीनामा – Nagarikabhiyan : National News

मुख्य न्यायाधीवक्ता मानन्धरले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ता विद्याभूषण मानन्धरले आईतबार पदबाट राजीनामा दिएका छन् । मानन्धर २०७४ चैत्र २८ गते मुख्य न्यायाधीवक्ताको पदमा नियुक्त भएका थिए ।

राजीनामा घोषणापछि मानन्धरले भने, ‘आफ्नो पदीय जिम्मेवारीमा रही २ वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा मैले आफूलाई गौरवान्वित ठानेको छु ।’

मानन्धरले जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत आभार व्यक्त प्रकट गरेका छन् । उनले आफ्नो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले पदबाट राजीनामा दिएको जनाएका छन् ।

मानन्धरलाई पूर्व प्रदेश प्रमुख दुर्गाकेशर खनालले नियुक्त गरेका थिए । २०५२ सालदेखि अधिवक्ता भएर काम थालेका मानन्धर मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य, नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य पनि रहेका हुन् ।