माधवकुमार नेपालले भने, जहाँ म, त्यहीँ एमाले – Nagarikabhiyan : National News

माधवकुमार नेपालले भने, जहाँ म, त्यहीँ एमाले

तेह्रथुम । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफू रहेको समूहभित्र नै वास्तविक एमाले रहने बताएका छन् ।
तेह्रथुममा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्ष रहेको दाबी गरे ।

‘माले बनाउने को भनेर सोध्नुस् त ओलीलाई, एमाले बनाउने को भनेर सोध्नुस् त उनलाई, कोअर्डिनेशन केन्द्र बनाउने को भनेर सोध्नुस् त उनलाई,’ नेपालले भने । उनले कम्युनिस्ट आन्दोलनको क्रममा एमाले निर्माणमा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गरे ।

‘ओली यो कुरा सम्झन चाहँदैनन् । के भ्रम पैदा गरिरहेका छन् भने उनी आफू चाहिँ एमाले अरू सबै माओवादी । अनि एमाले, एमाले मिलौँ भनिरहेका छन्,’ अध्यक्ष नेपालले भने । ‘एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग

मिल्ने होइन । उनी ‘बी’माले मात्र हुन्, ‘ए‘माले होइनन् । एमाले कतै छ भने जहाँ माधव नेपाल उभिएको छ त्यहाँ छ एमाले,’उनले भने ।
नेपालले सम्बोधन गर्ने क्रममा पार्टी एकतापश्चात् केपी ओलीले अरू नेताहरूलाई बैगुन गरेको आरोप पनि लगाए । पार्टी एकताको बेला ओलीले प्रचण्डलाई भ¥याङको रूपमा प्रयोग गरेको उनले बताए । ‘उहाँको भ¥याङ चढेर अनि चट्ट चढ्दै चढ्दै पिठ्यूँमा अनि टाउकोमा टेकेर प्रधानमन्त्री भइसकेपछि पुक्क लात्ताले हानेर जतासुकै जा भन्दिए उनले,’नेपाले भने ।