तत्काल केरूङ नाका खोल्न पहल गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
२ फाल्गुन २०७७, आईतवार ११:३६
काडमाडौं। नेपाली कांग्रेसले तत्काल केरूङ नाका खुला गर्नका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात–निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यकता भएपनि अहिले तुलनात्मक रुपले स्थिति सहज बनेकोले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका सञ्चालनको लागि पहल गर्न शर्माले सरकारको ध्यानाकर्षण गरएका छन् ।
‘उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ ।
सीमामा कन्टेनर अलपत्र अवस्थामा रहनु दुःखद भएको कांग्रेसको भनाइ छ । ‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ प्रवक्ता शर्मा विज्ञप्तिमा भनेका छन्, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’
विज्ञप्ति हेर्नुहास्


फेसबुकबाट तपाईको प्रतिक्रिया