मुख्यमन्त्री गाडीको ठक्करबाट टेम्पु चालकको मृत्यु
१ फाल्गुन २०७७, शनिबार ०९:०१
जनकपुरधाम । सिरहामा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबू राउतको स्वच्छता अभियानको गाडीको ठक्करबाट एक टेम्पु चालकको मृत्यु गएको छ । ठक्करबाट टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेशमा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रवार ठक्कर दिएको थियो । स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया