जसपाका इस्लाम हवारी हवारी नेकपा ओली समूहमा प्रवेश
३० माघ २०७७, शुक्रबार १४:१२
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गरे।
स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्न शुभकामनासमेत दिए। वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी हवारीले दिए । केही दिनअघि मात्रै जसपाका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष डा.शिवजी यादव ओली समूहको नेकपामा प्रवेश गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया