नेतृ रामकुमारीलाई भेट्न नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई अपराध महाशाखामा पुगे
२९ माघ २०७७, बिहीबार १५:०१
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई नेपाल प्रहरीको अपराध महाशाखामा पुगेका छन् ।
आज दिउँसो झाँक्रीलाई उनकै निवासबाट पक्राउ गरेर महाशाखामा लगेपछि नेताहरु उनलाई भेट्न पुगेका हुन् । नेताहरु श्रेष्ठ र भट्टराईले नेतृ झाँक्रीको पक्राउको विषयमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया