ताेलामा चार सय घट्याे सुनको भाउ
२९ माघ २०७७, बिहीबार ११:४८
काठमाडौं । आज सुनको भाउ घटेको छ । आज सुन तोलाकाे ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो ।
यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया