आज थपिए १६० संक्रमित, १६५ जना डिस्चार्ज – Nagarikabhiyan : National News

आज थपिए १६० संक्रमित, १६५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १६० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ६५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०९ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २१ लाख एक हजार ५९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार २ सय १५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । नेपालमा ९८.६१ प्रतिशत सङ्क्रमित निको भएर घर फर्केका छन्  ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०४७ रहेको छ ।