माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय – Nagarikabhiyan : National News

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले यहि माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो ।