अन्तत: फागुनदेखि ‘कांग्रेस, जसपा र प्रचण्ड समुहकाे’ संयुक्त आन्दोलन घोषणा !
२४ माघ २०७७, शनिबार २०:५२
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपा लगायतका दलहरुसँग संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
शनिबार मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँगको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
फागुनको पहिलो साताभित्र संयुक्त आन्दोलनको निष्कर्षमा पुग्ने उनले बताएका हुन् ।
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने टिप्पणी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया