बर्षमान पुनको यत्रो आँट ? प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई गल्लीमा घिसार्ने चेतावनी ! – Nagarikabhiyan : National News

बर्षमान पुनको यत्रो आँट ? प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई गल्लीमा घिसार्ने चेतावनी !

काठमाडौं ।  विभाजित प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिएका छन् ।

शनिबार तनहुँको दमौलीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले भने, ‘केपी गुटको धम्कीले हामी डराएका छैनौं, ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन्। इतिहासमा कति शासकहरु लतारिए, कति मारिए हामीले धेरै देखेका छौँ। प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस्, नत्र धम्की नदिनुस्।’

शुक्रबार काठमाडौंमा आयोजित आमसभामा गृहमन्त्री थापाले मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानमा हाल्ने चेतावनी दिएका थिए । केहीअघि पुष्पकमलदाहाल प्रचण्डले सामान्य आन्दोलनले  नभएपछि अब, माशांहारी आन्दोलन गर्नुपर्ने अभिव्यक्ती दिएका थिए ।