प्रधानमन्त्री ओलीलाई एक हप्तामा घुँडा टेकाउन बाबुरामले हाले जालो
२४ माघ २०७७, शनिबार १९:४९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्का दिने कोसिसमा लागेका छन् ।
शनिबार धनकुटामा आयोजित विरोधसभामा बोल्दै डा. भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन र ओलीलाई घुँडा टेकाउन आग्रह गरेका हुन् ।
संसद विघटनविरुद्ध उत्रेर प्रधानमन्त्री ओलीलाई झड्का दिने कोसिस स्वरुप डा. भट्टराईले यस्तो कुरा अघि सारेका हुन् ।
सबै दलहरुले संयुक्तरुपमा आन्दोलन गरे प्रधानमन्त्री ओलीले एक हप्तामा घुँडा टेक्ने उनले बताएका हुन् । सभामा बोल्दै डा. भट्टराईले भने, ‘कांग्रेस, नेकपा माधव(प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’
उनले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाउन ठूलो आन्दोलन गर्न नपर्ने बताएका छन् । सभामा बोल्दै उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२र०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया