तथ्यहरुले पुष्टि हुन्छ, केपी ओली नेता होइनन् : वर्षमान पुन
२४ माघ २०७७, शनिबार १६:३४
काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका नेता तथा पूर्वउर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेता नभएको बताएका छन् । नेकपा तनहुँ प्रचण्ड-माधव समूहको जनवर्गीय संगठन भेलालाई सम्बोधन गर्दै पुनले ओली नेता नभएको बताए ।
पुनले राजनीतिमा नेता भनेको संघर्ष गर्ने, आन्तरिक संघर्षलाई सम्मान गर्ने, फरक मतलाई सम्बोधन गर्ने तथा सबैलाई मिलाएर लान सक्ने व्यक्ति भएको भन्दै ओलीमा त्यो गुण नभएको बताए ।
आफूमाथि अविश्वास बढ्नासाथ पार्टी फुटाउने, संसद सिध्याउने, असंवैधानिक गतिविधि गर्ने व्यक्ति नेता हुनै नसक्ने पुनले ठोकुवा गरे । अहिलेको सरकार एकात्मक रुपमा सबैखाले नियुक्ति गर्दै संविधान मिच्दै अघि बढेको पनि आरोप लगाए ।नागरिकखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया