‘प्रचण्डलाई राजनीति छोडेर घर बस्ने स्थितीमा पुर्याउँदै’ प्रधानमन्त्री ओली
२३ माघ २०७७, शुक्रबार २०:०७
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित भएका पुष्पकमल दाहाल प्रचण्डको राजनीति बाटो नै संकटमा पार्न सक्ने संकेत गरेका छन् ।
प्रचण्डसमुह अलग भएर देशमा हंगामा गरिरहेका बेला प्रधानमन्त्री ओलीको भाषणले प्रचण्ड घरमै बस्ने स्थिती आउन सक्ने देखिएको हो ।्
आज शुक्रबार काठमाडौंमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाली जनताको चेतनाको स्तर बढेकाले कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताएका छन् ।
आज आफ्नो समूहको नेकपाले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको बृहत्त आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सम्बोधनको क्रममा भने–“कसैले कुनै हिसाबले लोकतन्त्रलाई केही गर्न सक्दैन । लोकतन्त्रको भविष्य सुदृढ र उज्ज्वल छ किनकि नेपाली जनता सचेत छन्, यहाँ कसैले पनि लोकतन्त्रलाई केही गर्छु भनेर नचिताए हुन्छ । लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ । प्रतिगमन नसोचे हुन्छ । यो देश अब अघि बढ्यो, बढ्यो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया