जनसभामा ओलीले लगाए नारा : ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो’ – Nagarikabhiyan : National News

जनसभामा ओलीले लगाए नारा : ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटीमा आयोजित जनसभामा मन्तव्यकै क्रममा नारा लगाए ।

जनसभामा बोल्दै गर्दा उनले देशमा अस्थिरता फैलाउन खोज्नेहरु सक्रिय रहेको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताए । उनले भने, ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो ।’ ओलीकै लयमै जनसभामा उपस्थित भएकाहरुले पनि भने, ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो ।’

‘अब त सबैले सुन्यो होला’ नारा लगाएपछि उनले भने, ‘उहाँहरुले जस्तो हामी धम्की दिँदैनौं ।’

उनले प्रचण्ड–नेपालले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाए । ‘निर्वाचन आयोगमा गएर निर्वाचन नगर भन्ने, निर्वाचन भयो भने देश संकटमा पर्छ रे ।’

उनले अब देश चुनावतर्फ गएको बताउँदै चुनावले कसको सरकार बन्नुपर्छ भन्ने कुराको निर्क्योल गर्ने दावी गरे ।नागरिकखबर