लाखौंलाई संकट, सयौंलाई घाइते र दर्जनौं गाडी जलाएर प्रचण्ड समुहले भन्यो- हामी सफल भयौं !
२२ माघ २०७७, बिहीबार १९:००
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।
आजको दिनमा दर्जनौं गाडीहरु जलाइएका छन् । सयौं मानिहरु घाइते भएका छन्, भने लाखौंको जनजिवन कष्टकर बनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको रिस जनतमाथि पोखेर प्रचण्ड समुहले कस्तो सफलता हात पार्याेभन्दै प्रश्न उठिरहेको छ ।
केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।
आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।
यस्ताे छ विज्ञप्ती:


फेसबुकबाट तपाईको प्रतिक्रिया