प्रचण्डकाे पछिलागेर आतंक मच्चाउनेलाई प्रहरीले सिकायो सबक, बल्ल चेत खुल्याे !
२२ माघ २०७७, बिहीबार १८:३४
काठमाडौं। आज (बिहीबार) बन्द हड्तालका नाममा देशभर आतंक मच्चाउने नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहका दर्जनौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले देशभरबाट १ सय ८८ जनालाई नियन्त्रणमा लिएको हो । अहिले गैह्र कानुनी काममा संलग्नलाई बाहेक अरूलाई छाड्न थालिएको प्रहरीले जनाएको छ ।
बिहीबारको आम हडतालका क्रममा बन्दकर्ताले देशभर गरी ३२ वटा सवारी साधनमा क्षति पुर्याएका छन् । त्यसमध्ये तीन सवारी साधन सरकारी छन् भने अन्य सार्वजनिक सवारी साधन हुन । यस्तै एक ट्याक्सीमा आगजनीसमेत भएको छ ।
प्रहरीले काठमाडौँ उपत्यकाबाट मात्रै सवारीलाई अवरोध गर्ने, पसल बन्द गराउँदै हिँड्ने र सवारी साधनमा तोडफोड गर्नेहरू ८१ जनालाई पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया