प्रचण्ड समुहले ११ कमाण्डर ताेक्याे, भाेलि देशभर आतंक मच्चाउँने घोषणा ! – Nagarikabhiyan : National News

प्रचण्ड समुहले ११ कमाण्डर ताेक्याे, भाेलि देशभर आतंक मच्चाउँने घोषणा !

काठमाडौं । नेकपाको प्रचण्ड समुहले बिहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ।

भोलि बिहानैदेखि हुने हड्तालका लागि पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको पार्टीले स्थायी समितिका सदस्यहरुलाई हड्तालका कमान्डर तोकेको हो।

बुधबार पत्रकार सम्मेलन गर्दै भोलि विद्यालय, यातायात, उद्योग, कलकारखाना सबै बन्द गराउने घोषणा गरेको छ ।