अन्तत: प्रचण्डपथमा बाबुरामकाे इन्ट्री, भरतपुरबाट सँगै आन्दोलन गर्ने घोषणा ! – Nagarikabhiyan : National News

अन्तत: प्रचण्डपथमा बाबुरामकाे इन्ट्री, भरतपुरबाट सँगै आन्दोलन गर्ने घोषणा !

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विभाजित नेकपाको प्रचण्डसमुहलाई समर्थन गरेका छन् ।

भरतपुरमा सञ्चारकर्मीसंँग कुरा गर्दै उनले भने असंवैधानिक तरिकाले विघटित संसद पुनस्थापना नभए सबैदलहरु एवं नागरिकले मिलेर सशक्त आन्दोलन गर्ने बताएका ह्ुन् ।

उनले भने, “विघटित संसद पुनरवहाली गर्ने सर्वोच्च अदालतको काम हो, यदि भएन भने नागरिकले सशक्त आन्दोलन गर्नेछन् ।”

यसबाहेक उनले प्रचण्ड समुहले घोषणा गरेको भोलि हुने देशव्यापी आमहडतालको  समर्थन गरेका छन् ।

डा. भट्टराईले भने, “आन्दोलनका विविध रुप हुन्छन् । जुनसुकै आन्दोलनको हामीबाट स्वागत हुन्छ ।” जुनसुकै पार्टीले आन्दोलन गरे पनि सयुक्त रुपमा आन्दोलन गर्दा प्रतिक्रान्तिलाई सजिलै परास्त गर्न सकिने उनको भनाइ छ ।