मौसमः बदली र वर्षाको श्रृंखलाले अझै केही दिन निरन्तरता पाउने
२९ बैशाख २०७७, सोमबार १६:०४
काठमाडौं । जारी बदली र वर्षाको श्रृंखलाले अझै केही दिन निरन्तरता पाउने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार विगत केही दिनदेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय रहेकाले यो अवस्था कायम रहने छ ।
देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् राजु प्रधानांगले बताए ।
यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने अनुमान उनको छ । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई सक्रिय अवस्थामै रहेकाले निरन्तर वर्षा भइरहेको बताइएको छ ।
वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोका समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ ।नेपालपानाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया