प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा, आज हुँदैछ सुनुवाइ, के आउँला फैसला?
२१ माघ २०७७, बुधबार १२:२३
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
सोमबार परेको अवहेलना मुद्दामा मंगलबार हिजो सुनुवाइ भएन । न्यायाधीशले हेर्न भ्याएनन् । उक्त मुद्दामा आज न्यायाधीश डा मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुँदैछ । प्रचण्डले अदालतको अवहेलना गरी बाहिर बोलेको भन्दै मुद्दा परेको छ । मुद्दामा प्रचण्डलाई आफै उपस्थित भएर जवाफ पेस गर्ने आदेश आउन सक्छ ।
किनभने यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधान न्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा न्यायाधीश शर्माकै इजलासले वारेसनामा नदिई एक साताभित्र आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ ।
त्यसकारण प्रचण्डको मुद्दा पनि शर्माले कै इजलासमा सुनुवाइ हुन लागेकाले उनलाई पनि अदालतमा आफैं उपस्थित हुने आदेश आउन सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया